काठमाडौं । हंसपुर नगरपालिका–८ स्थित अमित ईट्टा उद्योगमा काम गर्ने भारत घर भएको १८ वर्षीय अंकुर चमारको करेन्ट लागेर दिउँसो मृत्यु भएको छ । मोटरमा लुगा धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी दशरथचन्द नगरपालिका–५ बस्कोट शहिद गेटस्थित खोल्सामा सोही नगरपालिका–५ शिवमन्दिर चमखाली बस्ने ५५ वर्षीय लक्ष्मण नायक मृत अवस्थामा फेला परेका छन् ।