काठमाडौं । कपिलवस्तु, शिवराज नगरपालिका–४ पिपरास्थित कन्चनिया नदी (सिचांई बाँद) मा डुबेर सोही नगरपालिका–६ पैकीबण्डास्थित पन्चकन्या इँटा उद्योगमा काम गर्ने दाङ लमही नगरपालिका–५ कोलही घर भएका २८ वर्षीय जगनारायण चौधरीको दिउँसो मृत्यु भएको छ । माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । अर्घाखाँची, सितगंगा नगरपालिका–८ डमरेखर्क बस्ने ५२ वर्षीय पोष्ट बहादुर बाकबल मगरको सोही ठाउँस्थित राप्ती नदीमा डुबेर दिउँसो मृत्यु भएको छ । प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसालमा तरकारी किन्न गई घर फर्किने क्रममा उक्त नदीमा डुबेर उनको मृत्यु भएको हो ।