काठमाडौं । बाँके, जानकी गाउँपालिका–५ स्थित अम्बे स्टिलमा रहेको भट्टिमा आगो बाल्न प्रयोग गरिने एफओ नामक तेलको डिपोमा बिहान आगलागी हुँदा करिब २ करोड ६४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सप्तरी, बोदेबर्साइन नगरपालिका–१० खडकपुर बस्ने पलनु यादवसमेत ४ जनाको घरमा विद्युत सर्ट भई दिउँसो आगलागी हुँदा विभिन्न सुनचाँदीका गरगहनाहरू, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामानहरू जलेर करिब १७ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।