काठमाडौं । जुगल गाउँपालका–३ गुम्बास्थित याङसामाने डाँडा बस्ने मिङमार दोर्जे तामाङकी छोरी १४ वर्षीया नुर्जी वाङमु तामाङको करेन्ट लागेर दिउँसो मृत्यु भएको छ । आफ्नै बारीमा आलु रोप्ने क्रममा ११ हजार भोल्टेजको प्रशारण लाईनको बिजुलीको पोलमा छुँदा करेन्ट लागी उनको घटनास्थलमै मृत्यु भएको हो । यसैबीच सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१० घुस्रामा भे.१ ख १५२८ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ बस्ने ४२ वर्षीय कृष्ण चौधरीको दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।