काठमाडौं । ढोरपाटन नगरपालिका–३ सामा बस्ने २१ वर्षीय राजन घिमिरेको आफ्नै घरदेखि ५० मिटर टाढा जंगलमा ढुंगा झिक्ने क्रममा माथिबाट ढिस्को खेसेर च्यापिँदा दिउँसो मृत्यु भएको छ । च्यापिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी पुथाउत्तर गंगा गाउँपालिका–१२ कोल बस्ने ५० वर्षीय कर्मधन पुनको आफ्नै फर्निचर उद्योगमा गेलेण्डर मेसिनले काठ काट्ने क्रममा आफ्नै खुट्टाको साँप्रा काटिँदा साँझ मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।