काठमाडौं । पथरी शनिश्चरे नगरपालिका–५ मौलीबारी बस्ने अनिश आचार्यको साढे २ वर्षीय छोरा आईस आचार्यको घर नजिकै रहेको पोखरीमा डुबेर दिउँसो मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएका उनको अरनिको अस्पताल उर्लाबारी हुँदै थप उपचारको लागि एड्भान्स अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यसैगरी रोल्पा, लुङ्ग्री गाउँपालिका–४ नाम्जास्थित घोपीखोलाको बाटो भन्दा करिब ७ सय मिटर तल भिरमा सोही ठाउँ बस्ने ४२ वर्षीया मन कुमारी खडका मृत्त अवस्थामा फेला परेकी छन् । पर्सा, वीरगंज महानगरपालिका–१६ स्थित नेपालतर्फ दशगजा क्षेत्रमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका–६ मादेबुङ बस्ने गणेश लिम्बुकी छोरी ६ वर्षीया सोनीया लिम्बु सोही ठाउँस्थित आयुजिम्बा खोलामा मृत अवस्थामा फेला परेकी छिन् ।