काठमाडौं । बारा, जितपुर सिमरा उपमहानगरपालिका–७ केराढोका शान्तिटोल बस्ने ४० वर्षीय बिमलेश चौधरीको आशिक कपास उद्योगमा करेन्ट सर्ट भई राति आगलागी हुँदा उद्योगभित्र रहेको कपास, कपडा र कपास पेल्ने मेशिन थान १ समेत जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । झापा, बुद्धशानति गाउँपालिका–१ होक्से बस्ने केशव निरौलाको गोठ घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा गोठभित्र रहेको प्र.१–०१–०१६ प ४२५५ नम्बरको मोटरसाइकल, अन्नपात समेत गरी करिब १४ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । दाङ, घोराही उपमहानरपालिका–११ हापुर खोलामा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख १२६७ नम्बरको टिपरमा गएराति आगलागी हुँदा करिब ४ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । त्यस्तै बेदकोट नगरपालिका–५ पल्खरी बस्ने ४१ वर्षीय टंक प्रसाद जोशीको गाईगोठमा विद्युत सर्ट भई दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँस्थित श्री लटिनाथ पोल्ट्री फर्ममासमेत आगलागी हुँदा करिब ६ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।