काठमाडौं । गोरखा, भिमसेन थापा गाउँपालिका–१ निवेलस्थित सडकमा भे.६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राति दुर्घटना हुँदा चालक सोही ठाउँ डेरा गरी बस्ने सप्तरी कृष्णसरण गाउँपालिका–२ घर भएका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको घटनास्थलमै मृत्यु भएको छ । सर्लाही, हरिपुर्वा नगरपालिका–३ धनकौलस्थित सडकमा ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१७ बस्ने ३० वर्षीय प्रमेश्वर महतो र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय चरित्र बहादुर काफ्लेको घटनास्थलमै मृत्यु भएको छ । रौतहट, गरुडा नगरपालिका–५ शिवनगरस्थित गौर चपुर सडकमा बीआर ३० क्यु २९०७ नम्बरको मोटरसाइकल र बीआर ३० वाई २४२९ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई राति दुर्घटना हुँदा बीआर ३० क्यु २९०७ नम्बरको मोटरसाइकलमा सवार गुजरा नगरपालिका–८ बस्ने ४० वर्षीय सुदिप पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको झाँजपुलस्थित ग्रेण्डी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये ३ जनाको सोही हस्पिटल र १ जनाको सिटी हस्पिटलमा उपचार भइरहेको छ । यसैगरी, रौतहट, चन्द्रपुर नगरपालिका–५ चाँदीपुलस्थित सडकमा प्रदेश २–०२–००४ प ३०४७ नम्बरको मोटरसाइकल साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका–२ बस्ने ४० वर्षीया राज कुमारी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–७ शिवालय चोकमा क. प्र.०२००१ प ४९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका–२ कोलडाँडा घर भएका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिया, मधुवन नगरपालिका–५ गाउँ नम्बर ८ स्थित सडकमा भे.१ ख २२५४ नम्बरको बसले भे.४ प ५६४७ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर बस्ने २६ वर्षीया सरिता थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । बस र मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।