काठमाडौं । बडीमालिका नगरपालिका ७ ले वडा स्थित उत्पादन भएका बस्तुभाउ र सामानको प्रर्दशनी गरेको छ । वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको प्रर्दशनी गरेको हो । कृषी, पशुपालन र उद्यम व्यवसाय प्रवद्र्धन गर्न मेला आयोजना गरिएको वडा अध्यक्ष धर्मराज उपाध्यायले बताए । कृषि ज्ञान केन्द्र, जिल्ला भेटेनेनरी अस्पताल तथा पशु विकास सेवा केन्द्रसँगको सयुक्त सहकार्यमा वडाले मेला आयोजना गरेको हो । बडीमालिका नगरपालिकाले ७ लाई कृषि तथा पशुपालन उत्पादनका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । बडीमालिका ७ ढम्कनेलाई आलु खेतीका लागि राजधानी नै मानिन्छ । यस अघि आलु महोत्सव समेत आयोजना गरिएको थियो । स्थानीयले उत्पादन गरेका कृषिजन्य सामाग्री, पशुपंक्षी, उद्यम विकासका उत्पादन सामाग्रीको प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको नगर उपप्रमुख नन्दाकुमारी थापाले बताइकी छन् । कृषि र पशुपंक्षी क्षेत्रको विकास नै प्रमुख सवाल बनाएर पालिकाले काम अघि बढाएको उपप्रमुख थापाको भनाई छ । थापाले नै प्रर्दशनी मेलाको उद्घाटन गरेकी हुन् । कृषि ज्ञान केन्द्र र पशु सेवा कार्यालयका तर्फबाट किसानहरुलाई प्रशिक्षण समेत गरिएको थियो । स्थानीयले हातले निर्माण गरेका सामाग्रीको पनि पनि प्रर्दशन गरेका थिए । स्थानीय रैथाने बालिको प्रर्वद्धन गरि उत्पादन बढाऔ, पौष्टिक आहार खाउँ र रैथाने बाली क्षेत्र विस्तार गरि आम्दानी बढाऔ भन्ने मुल नारा दिएर प्रर्दशनी मेला आयोजना गरिएको हो । किसानलाई हौसला, कृषी तथा पशुपालन व्यवसायको प्रवद्र्धन र संरक्षण गर्ने लक्ष्य सहीत कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष धर्मराज उपाध्यायले बताएका छन् । बडीमालिका ७ ले कार्यक्रम हरेक वर्ष आयोजना गर्ने गरेको छ । वडाका भित्रका स्थानीय मेला पर्वका झाँकीहरु, सचेतना मुलक देउडा गीत पनि प्रर्दशन गरिएको थियो । प्रर्दशनीमा स्थानीयले रैथानै वाली तरकारी, अन्नवाली फलफूल र मसालाबाली राखिएका थिए । यसैगरी बस्तुभाउ स्थानीय जातका भैंसी, गाई बाख्रा, भेडाच्याङ्ग्रा राँगो, पशुपंक्षि, कुखुरा, हाँसहरु पनि प्रर्दशनीमा राखिएको थियो । प्रर्दशनी स्थलमै कृषि ज्ञान केन्द्रका मिनप्रसाद जैशी र पशु सेवा कार्यालयका सिद्धराज जैशीले व्यवसाय प्रवद्र्धन शिक्षा दिएका थिए । हस्तकला तर्फ डोका, डाला, नाम्ला, निगालोले बुनेका सामानहरु भेडाको ऊनबाट बुनेका राडी पाखी लेउ सुईटर लगायतका सामाग्री र काठबाट बनाईएका कृषी औजार देखी भाडाकुठा पनि प्रर्दशनमा राखिएको थियो । आफ्नो उत्पादनलाई माया गर्ने र उत्पादनमा बढावा दिने गरि कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् । बेरोजगार दर घटाउने प्रमुख उपाय नै कृषी व्यवसाय नै हो, भन्ने निष्कर्ष सहीतको कार्यक्रम उपलब्धी मुलक र सिकाइ योग्य देखिएको जैशीको भनाई छ । वडा भित्र ११ वटा महिला समूहले कृषी उत्पादन गरेका सामाग्री प्रर्दशनमा राखिएकोमा ती सबै समूहका तर्फबाट देउडा गीत पनि लगाइएको थियो ।