काठमाडौं । खाद्यवस्तुको चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेला काठमाडौंमा शुरु भएको छ । मेलामा नेपाल—भारतका व्यवसायीहरु सहभागी भएका छन् । खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वासमा आएको नविनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले बताएको छ । मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने आयोजकले बताएको छ । मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ । भारतबाट मेलामा सहभागी भएका गान्धी अटोमेसन्स प्रा.लि.का प्रतिनिधि विनिल सल्लागरीले खाद्यवस्तुको प्रशोधन र चिस्याउने प्रविधि सामग्रीको बजार धेरै राम्रो रहेको र आफूहरुले प्रयोग गरिरहेको प्रविधि नेपालमा उपलब्ध गराउन लागेको बताए । नेपालमा खाद्यवस्तुको प्रशोधन, चिस्यान र भण्डारणमा प्रयोग हुँदै आएको प्रविधि र सामग्री आयातित छन् । बजार बिस्तार हुँदै गएपनि यसमा प्रयोग हुने प्रविधि र सामग्री नेपालमै उत्पादन गर्न सकिएको छैन । मेलामा आफ्नो प्रविधिको प्रदर्शन गर्न आएका व्यवसायी इन्जिनियर अनिलकुमार आचार्यले बजार हरेक वर्ष बढ्दै गएको बताए । प्रदेश सरकारहरुले चिस्यान केन्द्र चिस्यान भण्डारण घरहरु बनाउने कार्यक्रम ल्याएसँगै कृषक र वयवसायीलाई खुशी बनाएको बताए । नेपालमा यस प्रकारको प्रदर्शनी पहिलो पटक भएको हो । मेलामा नेपाल र भारतका ५० बढी व्यापारी, व्यवसायी सहभागी भएका छन् । मेलामा सामान बिक्री भन्दा पनि व्यवसायी सम्बन्ध बनाउन र प्रविधिबारे ज्ञान, सीप साटासाट गर्न साझा मञ्च हुने बताइएको छ । खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वासमा आएको नविनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले बताएको छ । मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने आयोजकले बताएको छ । मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ । भारतबाट मेलामा सहभागी भएका गान्धी अटोमेसन्स प्रा.लि.का प्रतिनिधि विनिल सल्लागरीले खाद्यवस्तुको प्रशोधन र चिस्याउने प्रविधि सामग्रीको बजार धेरै राम्रो रहेको र आफूहरुले प्रयोग गरिरहेको प्रविधि नेपालमा उपलब्ध गराउन लागेको बताए । नेपालमा खाद्यवस्तुको प्रशोधन, चिस्यान र भण्डारणमा प्रयोग हुँदै आएको प्रविधि र सामग्री आयातित छन् । बजार बिस्तार हुँदै गएपनि यसमा प्रयोग हुने प्रविधि र सामग्री नेपालमै उत्पादन गर्न सकिएको छैन । मेलामा आफ्नो प्रविधिको प्रदर्शन गर्न आएका व्यवसायी इन्जिनियर अनिलकुमार आचार्यले बजार हरेक वर्ष बढ्दै गएको बताए । प्रदेश सरकारहरुले चिस्यान केन्द्र चिस्यान भण्डारण घरहरु बनाउने कार्यक्रम ल्याएसँगै कृषक र व्यवसायीलाई खुशी बनाएको बताए ।