काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहारलक्षित ‘फेस्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकको दशैं तिहार विशेष र हर्षोल्लासपूणर् बनाउन हुन्डाइले यस वर्ष पनि एक जना हुन्डाइ एसयुभी एन दिने भएको छ । एसयुभी एन लक्की ड्र मार्फत एक जना ग्राहकले प्राप्त गर्नेछन् । यस्तै उक्त योजना अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा ६ लाख रूपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्ड मार्फत थप एक लाख रूपैयाँसम्मको नगद छुटका साथै एक वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । भदौ २१ गतेदेखि सुरु भएको यस योजनामा आउँदै गरेको नाडा अटो सोमा गाडी खरिद गर्ने ग्राहक पनि यो योजनामा सहभागिता जनाउन योग्य हुने कम्पनीले जनाएको छ । त्यसैगरी बिवाइडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ । नयाँ सोरुमको सुरुवात गर्दै विमाई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकमाझ बढ्दै गएको बिवाइडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ सोरुम सञ्चालनमा ल्याएको बताए । उनले ग्राहकको बढ्दो मागलाई परिपूर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाइडी प्रतिबद्ध रहेको जानकारी गराए । नेपालको विद्युतीय गाडीको बजारमा राम्रो हिस्सा ओगटेको बिवाइडीले नयाँ इलेक्ट्रिक एसयुभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ सोरुमहरू पनि सञ्चालनमा ल्याइएको जनाएको छ ।