काठमाडौं । वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु भएको छ । पोखराको पर्यटन क्षेत्रको आकर्षक प्रडक्ट मानिएको बेलुनको उडान साहसिक पर्यटकले रुचाउने गर्छन । हट एयर बेलुन संचालक बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेका अनुसार विहीबारदेखि पोखरामा बेलुन उडान सुरु भएको छ । बेलुन नेपालले अब पोखरामा दुइवटा बेलुनमार्फत पर्यटकलाई आकाशमा सयर गराउने उनले बताए । हट एयर बेलुनमा उड्ने पर्यटकले पोखराको दृश्यावलोकन गर्छन् । फेवातालको सिरानक्षेत्रको पामेमा सञ्चालित बेलुनमा एकपटकको उडानमा आन्तरिक पर्यटकले नौ हजार पाँचसय रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि एकसय अमेरिकी डलर र विदेशी पर्यटकका लागि १ सय ३० अमेरिकी डलर शुल्क लिने उनले बताए । करिब ६ हजार फिट माथिसम्म बेलुन सयर गर्दा माछापुच्छ्रे, अन्नपूणर् लगायतका हिमाल, पूणर् आकारको फेवाताल, पुम्दीकोट महादेव मन्दिर, सराङकोट मान्द्रेढुंगाबाट उडेका प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिने उनले बताए । कम्पनीले बेलुन उडानका लागि अमेरिकी र भियतनामी गरी दुईजना पाइलट पनि राखेको छ । बाडेका अनुसार बिहान र बेलुका गरी दुई पटक उडान गरिन्छ ।