काठमाडौं । यो वर्ष कणर्ालीमा लामो खडेरीले प्रायः सबै पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँसमेत उम्रिएन । आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउने चलन नै छैन । प्रमुख हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा गहुँ बाली उम्रिएको छैन । गहुँ उम्रेर हरियाली हुने बेलासम्म बारीमा गहुँ नउम्रिँदा खेत बाँझैजस्तो देखिन्छ । पाखा जग्गामा माघ लाग्दासमेत गहुँ उम्रिंएको छैन । ‘कालिकोटका रास्कोट, शुभकालिका, तिलागुफा लगायतका सिञ्चित क्षेत्रमा समेत गहुँ राम्रो हुन सकेको छैन भने आकाशेपानीका भरमा खेती हुने क्षेत्रमा कतै पनि गहुँ उम्रिएको छैन । ‘रास्कोटका अगुवा कृषक कविराज न्यौपानेले भने, ‘कालिकोटका अधिकांश क्षेत्रमा गहुँबालीको दुर्दशा नै रहेको देखियो ।’ ‘कालिकोटमा हिउँदमा खेत बाँझो राख्ने चलन बढी छ । त्यसैमा पनि यस वर्ष खडेरीले लगाएको गहुँबाली उम्रन पनि पाएको छैन’, उनले भने, ‘हिउँदेबाली गहुँ जौ छर्ने बेलामा पानी परेन । केही सिँचाइ हुने क्षेत्रमा गहुँ छरियो अहिले उम्रेको गहुँ पनि रुडोले खाइसक्यो । सुख्खा क्षेत्रमा त हिँउदे बाली छरेकै छैन । रोजगारीका लागि जिल्ला छाड्न हतार भएका यहाँका किसानले आकासे पानीको पर्खाइमा बसेनन् । लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकाले अन्न खेर नफाल्न गरा बाँझो राखेको शान्नि त्रिवेणी गाउँपालिका ६ मेहलमुडीकी धना संज्यालले बताइन् । ‘यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन सुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो’, धनाले भनिन् । खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उनको दुखेसो छ । यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि ६ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ । माघ पहिलो सातासम्म हिमपात नहुँदा कणर्ालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतका गरा नै बाँझो राखेका छन् । यस्तै रास्कोट नगरपालिका २ का किसान बिसहर न्यौपाने आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो सुनाए । जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ । यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पुर्याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए । मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोवास गर्ने नागरिकलाई नै प्रभाव पारेको उनको भनाइ छ । यो वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको उनले बताए । हिउँदे बाली गहुँ छरेको मंसिरदेखि नै पानी परेको छैन । ‘माघसम्म यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो । हिमपात नहुनुले जौं, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ,’ प्रमुख बस्नेत भने । उनका अनुसार यहाँको तीन हजार पाँच सय हेक्टर क्षेत्रफलमा जौ, दुई हजार एक सय हेक्टरमा गहुँ र तीन हजार तीन सय हेक्टर जमिनमा स्याउबाली लगाइएको छ । सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौ र गहुँबाली नष्ट भएको छ । पछिल्लो समय रोजगारीका लागि गाउँमा युवाको संख्या शून्य अवस्था छ ।