काठमाडौं । ग्लोबल आइएमई बैंकले ठमेलको सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जनाएको छ । काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरूको संख्या ६७ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधालगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् । यसैबीच सिटिजन्स बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकमा आयोजित १ समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्यालेन्डर सार्वजनिक गरेका हुन् । बैंकले विभिन्न सिजनमा फुल्ने फूलको तस्बिर राखेर प्रकृतिको सामिप्यमा पुर्याउने ध्येयले क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ । वसन्त ऋतुमा फुल्ने फूलको उज्यालो रङहरूदेखि शिशिर ऋतुमा फुल्ने फूलहरूको शान्त लालित्यसम्म क्यालेन्डरमा मार्फत प्रस्तुत गरी नववर्ष २०८१ सुन्दर बनोस् भन्ने परिकल्पना बैंकले गरेको छ ।