काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा दिने क्रममा विभिन्न संघ संस्थासँग समन्वय गरी छुट दिने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकले ती संस्थाका सेवामा विभिन्न किसिमका छुट पाउनेछन् । यसैक्रममा बैंकका ग्राहकले नयाँ बानेश्वरमा रहेका नवदर्मा स्किन एन्ड लेजर एस्थेटिक र समाज डेन्टल हस्पिटलमा, बौद्धको उत्पला क्याफे र बसुन्धराको चिरायु नेसनल हस्पिटलका सेवाहरूमा १० प्रतिशत देखि २५ प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस सुविधा ल्याएको बताइएको छ ।