काठमाडौं । बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयाताल बस्ने ३० वर्षीया सुमित्रा थारूको करेन्ट लागेर बिहान मृत्यु भएको छ । आफ्नै घर आँगनमा रहेको पानी तान्ने विद्युतीय मोटर जडित कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । रौतहट, चन्द्रपुर नगरपालिका-१० बालचनपुर बस्ने २२ वर्षीय अशोक चौधरीको करेन्ट लागेर दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित राधिका फर्निचर उद्योगमा ड्रिल मेशिनबाट काठमा प्वाल पर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।