काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका-६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठाबाट करिब ५ लाख ३ हजार रूपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गरगहना दिउँसो चोरी भएको छ । यसैबीच उदयपुर, चौदण्डीगढी नगरपालिका-९ राई डाँडा बस्ने ६५ वर्षीय गोरेमान राई सोही ठाउँस्थित सार्वजनिक गगटे पोखरीमा मृत अवस्थामा फेला परेका छन् । पर्सा, पकहा मैनपुर गाउँपालिका-१ धोरेस्थित मलंग पोखरीमा सोही ठाउँ माईती घर भएकी भारत बिहार पश्चिम चमपारण गबरौल बस्ने २० वर्षीया अन्जली कुमारी महतो मृत अवस्थामा फेला परेकी छिन् ।