काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले बडा दशंै, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरी नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गते सम्मका लागी ‘बम्परदशंै तिहार अफर’ आयोजना गरेको छ । यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो शेयर खाता खोल्दा, लक्कीड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्ने छ । यसको लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गते सम्म क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्नेछ । ग्राहकवर्गहरुले सो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूणर् शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट धधध।नबचष्mबअबउष्तब।िअयmर मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने छ । यो योजना अन्तर्गत जततउकस्ररअपथअ।अमकअ।अयm।लउरयिनष्ल लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्न सकिने उक्त लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैबीच नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेको छ । मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागि सबै अभिकर्ताहरुलाई वहाँहरुको लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गर्नु भएको थियो भने स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुणर् अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराएका छन् । समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३ सय भन्दा बढि अभिकर्ताहरु छनौट भएको र मधेश प्रदेशबाट मात्रै ३० जना अभिकर्ताहरु छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको बताएका छन् ।