काठमाडौं । भेदभावपूणर् वर्गीकरण संघर्ष समितिका उपसंयोजक, मेगा टेलिभिजनको राजनीतिक बहस कार्यक्रमका प्रस्तोता तथा नेशनल न्यूजका सम्पादक भरत लामिछानेमाथि केही अपरिचित व्यक्तिहरुबाट आक्रमणको भएको छ । गत शुक्रबार बिहान नयाँ बानेश्वरस्थित होटल एभरेष्ट नजिकै मेगा टेलिभिजनको कार्यालयतर्फ जानेक्रममा आक्रमण भएको पत्रकार लामिछानेले बताएका छन् । कानूनी राज्यमा प्रकाशित वा प्रसारित समाचार सामग्रीबारे असहमती रहे कानूनी उपचार खोज्ने प्रसस्त बाटो हुँदाहुँदै कानूनी राज्यको अबहेलना गर्दै पत्रकार लामिछानेमाथि आक्रमण भएको छ । आक्रमणमा उत्रने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ । सो घटनामा संलग्न व्यक्तिहरुमाथि तत्काल छानबिन गरि दोषी उपर कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग आग्रह पनि गरिएको छ ।