काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ । बैठकमा कांग्रेसले दसैँको कोजाग्रत पूणर्िमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निणर्य हुने बुझिएको छ । यसैबीच कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूणर् यात्रा गर्नुपर्ने बाध्यता हटेको बताएका छन् । सुस्ता वडा नम्बर ५ को सुस्ता गाउँलाई जोड्ने पुल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले अब जोखिमपूणर् यात्रा गर्नुपर्ने बाध्यता हटेको बताएका हुन् । सुस्ता क्षेत्रमा उत्पादन हुने उखु, केरा तथा अन्य कृषि उपजले सहज बजार पाउने अवस्थाको सिर्जना भएको पनि सिंहको भनाइ छ । झोलुङ्गे पुलको प्रयोग गरी विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको र सुस्ताबासीलाई उज्यालो प्रदान गर्ने कार्य सम्पन्न गरेकोमा उनले नेपाल विद्युत प्राधिकरणलाई पनि धन्यवाद दिएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन् । काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका हुन् । केही समयभित्रै कांग्रेस-एमालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको उनले बताएका छन् । प्रचण्डले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरेका छन् । सरकारबाट निक्लिँदै गर्दा कार्यकर्ताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएर निक्लेको उनको भनाइ छ । त्यस्तै दाहालले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिध्याउने षड्यन्त्र हुँदै आएको भन्दै षड्यन्त्रको घेरा तोड्दै अघि बढ्ने जिकिर गरेका छन् । उनले समाजवादी मोर्चा र कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको बताएका छन् । अध्यक्ष दाहालले लोकतान्त्रिक पद्धतिअनुसार संगठनका नेतृत्व चयन गर्न सुझाव दिँदै संगठनको नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । नेतृत्व निर्माणका क्रममा कुनै गुटबन्दी नगर्न उनले निर्देशनसमेत दिएका छन् ।