काठमाडौं । महोत्तरी, गौशाला नगरपालिका-३ पचाईन गाउँ बस्ने बिहारी महतोकी छोरी १३ वर्षीया करिना कुमारी महतोको करेन्ट लागेर बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित तरकारी बारीमा लगाएको विजुलीको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । रूपन्देही, तिलोत्तमा नगरपालिका-११ मझरानी बस्ने ३८ वर्षीय महेश चौधरीको करेन्ट लागेर बिहान मृत्यु भएको छ । आफ्नै घर पछाडी रहेको खेतमा जमेको पानी विद्युतीय मोटरले फाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच पर्सा गाउँपालिका-३ नारायणपुर बस्ने पुरुषोतम साहको छोरा १७ महिनाको गोलु कुमार साहको डुबेर दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा खेल्ने क्रममा बाल्टिनमा भरी राखेको पानीमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच सर्लाही, लालबन्दी नगरपालिका-१४ नारायण खोला टोल घर भई सोही नगरपालिका-८ शान्ती टोल डेरा गरी बस्ने २५ वर्षीय अर्थ बहादुर वाइवा आफ्नै कोठामा गए राति मृत अवस्थामा फेला परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-५ महालक्ष्मी स्थान नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।