भरत भूर्तेल
स्वास्थ्यसेवा केन्द्रंको कुरा गर्दा २०४७ सालमा १ हजार ९६ को संख्यामा रहेका स्वास्थ्य केन्द्र २०५७/५८ मा आइपुग्दा ४ हजार ४ सय १ पुग्यो । यस अवधिमा नेपालीको औसत आयु ५३ वर्षबाट बढेर ५९ वर्ष पुग्यो ।
प्रजातन्त्र पुनर्वहालीपछिको सरकारले लिएका नीतिका कारण मानिसकासे जीवन नजिानिदो ढङ्गले सहज र सरल भयो । एउटा टेलिफोन पाउन नेपाल दूर सञ्चार संस्थानमा वर्षौअगि निवेदन दिएर वर्षौपछिसम्म प्रतीक्षा गर्नुपर्ने वा मन्त्रीको तोक आदेशका लागि धाउनुपर्ने दिन इतिहासमा सीमित भए ।
खुला आकाश नीतिका कारण शाही नेपाल वायु सेवा निगमको जहाज चढ्न प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने दिनको अन्त्य भयो । न्यून आय भएका अभिभावकले आफ्ना सन्तानलाई अंग्रेजी शिक्षा दिने ाम पञ्चायती शासनकालमा असम्भव प्रायः थियो । सभ्रान्त र ठूलाबडाका सन्तान बूढानीलकण्ठ, सेण्ट जेभियर्सजस्ता विद्यालय पढ्थे । सर्वसाधराण्का लागि यस्ता अवसर थिएनन् । आज धेरैका लागि चाहेको शिक्षा उपलब्ध छ ।
वित्तीय संस्थाबाट ऋण लिन नेपाल बैठक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक वा नेपाल औद्योगिक विकास निगम र कृषि विकास बैंकका पदाधिकारीलाई घुस ख्वाउनुपर्ने वा दरबारको सोर्स लागाउनुपर्ने पञ्चायती परम्पराको अन्त्य भएको छ । शहर र गाउँ दुवैतिर वित्तीय संस्थाको सञ्जाल विस्तार भएको छ र पूँजीमाथि सर्वसाधारणको पहुँच बढ्ने क्रममा छ ।
सामाजिक चेतना, महिला जागरणजस्ता मानिसका आन्तरिक क्षमताका अभूतपूर्व बृद्धि भएको छ । यद्यपि यी अनेक उपलब्धिलाई नेपाली काँग्रेसले एकातिर निरन्तरता दिन सकेन भने अर्कोतिर आफ्नो आन्तरिक संरचनामा उचित व्यवस्थापन गर्न नसक्रा भएका उपलब्धिको जस लिनबाट समेत वन्चित हुँदै गयो । त्यतिमात्र होइन नेपाली काँग्रेसको लोकप्रियता, प्रभाव र पहुँच निरन्तर खस्कँदै गयो, जसका साक्षी रामवरणजी स्वयं हुनुहुन्थ्यो ।
कोइरालाको नेतृत्वमा रहेको मन्त्रीमण्डल २०४८ साल असार २१ गते विस्तारित भयो र यसमा २ जना राज्यमन्त्री थपिए । २०४८ साल पुस १५ गते मन्त्रीपरिषद् फेरि एक पटक पुनर्गठन भयो । प्रारम्भमा पन्ध्र सदस्यीय र असार २१ मा थपिएका दुई समेत गरी त्यस बेलासम्म सत्र सदस्यीय रहेको मन्त्रीमण्डल पुस १५ को पुनर्गठनपछि २३ सदस्यीय भयो । यसमा कतिपय राजइमन्त्री र सहायक मन्त्रहिरु समेत थपिए तर यस पुनर्गठनले कतिपय मन्त्रीलाई समेटेन । पुनर्गठनबाट बाहिर पारिनु भएका कतिपय मन्त्री पार्टीभित्र प्रभावशाली मानिनु हुन्थ्यो । पार्टीको नेतृत्व तहमा देखिएको असमझदारीको सम्भवत यो एक प्रतिबिम्म थियो ।
चुनौतीको पहिलो चरण ः
विक्रम संवत् २०४८ साल पुस १५ गते गिरिजाप्रसाद कोइरालाले गर्नुभएको मन्त्रीमण्डल पुनगंठनबारे नेपाली काँग्रेसभित्र आ-आफ्नै धारणा र तर्क थिए । कोही गिरिजाप्रसाद कोइरालाको प्रतिरक्षा गर्थे भने कोही चाहिँ विरोध गर्दथे । वातावरण विस्तारै असहज हुँर्दै गएको थियो ।
२०४८ सालको अन्त्यमा नपाली काँग्रेसको आठौ महाधिवेशन सम्पन्न भयो । झापाको कलवलगुढीमा सम्पन्न महाधिवेशनमा पार्टीका सर्वोच्च नेता गणेशमान सि.हले सरकार प्रमुख विरुद्ध व्यापक गुनासो गर्दै भाषण गर्नुभयो । सर्वौच्च नेता र सरकार प्रमुखबीचको सम्बन्ध यति तिक्त भइसकेको अनुमान नगरेका हजारौ कार्यकर्तालाई यस घटनाले दुःखी बनायो ।
चिकित्सा पेशा परित्याग गरेर राजनीतिमा आउनु भएका रामवरणजी समेत यो दृश्य देखर निराश हुनुहुन्थ्यो । नेपाली काँग्रेसका नेताहरुले प्रजातन्त्र प्राप्तिका लागि गर्नुभएको स.घर्ष र त्यागका कथा अतुलनीय थिए । उहाँ आफ्ना नेताहरुलाई रिस, राग र मोहबाट मुक्त महान सन्तझै ठान्नु हुन्थ्यो । क्रमशः