– अर्जुननरसिंह के.सी. –
तत्कालीन काँग्रेस सभापति सुवणर् शमशेरको नेतृत्वमा भएको प्रतिरोध आन्दोलन, भूराजनीतिको शिकार भएपछि पूर्वी नेपालमा उहाँ लगायत सीके प्रसाई, खनुपरुदे रामबाबु प्रसाई, देवान दोर्जे, महेन्द्र केरुङ आदि क्रान्तिकारीहरु मेचीपारि पश्चिम बंगालको नक्सलवाडीमा जम्मा हुनुभयो । त्यहाँका चियाबगानमा चारु मजुमदार र कानु सन्यालले नक्सलाइट आन्दोलन चलाउनुअघि नेपालबाट गएका काँग्रेसका क्रान्तिकारीहरुले राजनीतिक जागरण सुरु गर्नुभएको थियो । निर्वासित राजनीतिकालमा भूविक्रमले सुवणर् शमशेरसँग नजिक रहेर काम गर्नुभयो । बीपी छुटेर बनारसको सारनाथ गएपछि भने उहाँ बीपीको निकट हुनुभयो ।
२०३४ सालमा कृष्णप्रसाद भट्टराई काँग्रेसको कार्यवाहक सभापति बनेपछि केन्द्रीय कार्यसमितिमा उहाँ सदस्य हुनुहुन्थ्यो र २०५१ सम्म नै रहनुभयो । २०४८ सालको आमनिर्वाचनमा पाँचथर-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुभएको भूविक्रम २०५६ को आमनिर्वाचनपछि चाहिँ सक्रिय राजनीतिबाट किनार लाग्नुभयो । २०५० को दशकमा काँग्रेसको क्रान्तिकारी धार भुत्ते भएको चिन्ता उहाँमा देखिनथालेको थियो । पाँचथरको खातापिता परिवारमा वि.सं. १९९४ सालमा जन्मिनुभएको भूविक्रमले युवावस्थादेखि सक्रिय राजनीतिका दिनहरु संघर्षपूणर् गतिविधिमा बिताउनु भयो । तीन महिनादेखि बिमारी ८० वर्षीय भूविक्रमको फोक्सो र मृर्गौलाका विमारी र मुटुमा संक्रमण भएको कारण २०७३ साउन २३ गते आइतबार झापाको धुबाबारीस्थित आफ्नै निवासमा निधन भयो ।
शेख इद्रिश ः
शेख इद्रिश २०१५ सालको आम निर्वाचनिमा रौतहटको निर्वाचनक्षेत्र नं. ४८ मा नेपाल प्रजापरिषद (चुनाव चिन्ह घन-कोदालो) बाट निर्वासित भएपछि २०१६ जेठ १९ गते नेपाली काँग्रेसमा विधिवत प्रवेश गर्नुभयो । त्यो चुनावपछि स्वतन्त्र निर्वाचित र अन्य पार्टीका गरी ४ जना सांसद काँग्रेसमा प्रवेश गरेका थिए । जमिनदार भए पनि नेपाली काँग्रेसलाई कष्ट वा संघर्षका दिनमा पनि पार्टीको लक्ष, अठोट, सिद्धान्त र नीतिमा उहाँले एकनासले योगदान पुर्याउनु भयो ।
म मधेसी हुँ, मुसल्मान हुँ, रौतहाटवासी छु, तर सबैभन्दा पहिले त म नेपाली हुँ, त्यसपछि काँग्रेस हुँ, अनिमात्र म मधेसी मुसल्मान सबकुछ हुँ भन्नुहुने शेख इद्रिस प्रजापरिषदबाट आउनुभएका तराईका अर्का प्रभावशाली काँग्रेस नेता हुनुहुन्थ्यो ।
नेपाली काँग्रेस कृतज्ञ छ र गौरव गर्दछ आफ्ना दिवङ्गत नेता शेख इद्रिसप्रति, जसले २०४७ को संविधान निर्माणका क्रममा सच्चा मुसल्मान भएर पनि गोवध हुनसक्ने सम्भावना देखेर संविधान जारी नहुँदै भुलसुधार गर्न लगाउनु भयो । त्यो जानकारीबाट प्रभावित तत्कालीन राजा वीरेन्द्रले नेता शेख सा’बलाई भेट गर्ने इच्छा गरे । राजासँगको भेटमा उहाँले भन्नुभयो, यदि नेपालका मुसल्मानहरुले हिन्दुहरुको मर्म बुझ्न सकेनन् वा चाहेनन् भने हिन्दुहरुले मुसल्मानको मर्मलाई ध्यान दिनुपर्ने अनिवार्यता बन्दैन । एकले दोस्रोलाई निषेध गर्ने हो भने दोस्रोले पनि निषेधको बाटो खोज्नथाल्छ, प्रजातन्त्रमा यस्तो हुनुहुँदैन … ।
सिद्धान्तवादी, निष्ठावान र देशभक्त शेख इद्रिश तराईबाट उठेका मधेसमा नेपाली काँग्रेसका महत्वपूणर् स्तम्भ र उदाहरणीय नेता हुनुहुन्थ्यो । २०४८ को निर्वासित सरकारका श्रम तथा सामाजिक कल्याण मन्त्री र धेरैवर्ष पार्टीको केन्द्रीय सदस्य रहनुभएका उहाँ सम्मानित नेताको रुपमा सबैका आदरणीय हुनुहुन्थ्यो । काँग्रेसका मूर्धन्य नेताहरु पनि उहाँको ठूलो कदर गर्नुहुन्थ्यो । उहाँ नेपाली मुसलमान समुदायका गौरव हुनुहुन्थ्यो । २०७४ को गणतन्त्र दिवसमा उहाँ महाउज्ज्वल राष्ट्रदीपको सम्मानबाट विभूषित हुनुभयो । मुटुको उपचारको क्रममा २०५३ मंसिर १३ गते बिहीबार भारतको नयाँ दिल्लीमा उहाँको दुःखद निधन भयो । क्रमशः