काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय-व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ । उद्योग वाािणज्य संघले मंसिर १६ देखि २५ गतेसम्म पोखरा-९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आयोजना भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो । मेलामा स्टल बिक्री, प्रवेश टिकट, प्रायोजक, ब्यानर प्रायोजन लगायतका विभिन्न शीषर्कबाट १ करोड २० लाख ३१ हजार ५८६ रुपैयाँ आम्दानी भएको उल्लेख गरेको छ । विभिन्न शीर्षकमा १ करोड ५ लाख ९० हजार ९६० रुपैयाँ खर्च हुँदा १३ लाख ४० हजार ६२६ रुपैयाँ बचत भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । मेलामा डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी २५० स्टल राखिएको थियो । पोखराकै जेठो सामाजिक संस्था उद्योग वाणिज्य संघले पोखरा उद्योग वाणिज्य संघले यस अगाडि नेपाल सरकार, नेपाल उद्योग वाण्ज्यि महासंघ लगायत अन्य संघ संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४२ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला -२०५३ पुष्प प्रदर्शनी-२०५५, हस्तकला तथा पुष्प मेला-२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला-२०५९, औद्योगिक व्यापार मेला-२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा-२०६२, महिला उद्यमी मेला २०६८ र २०७० र २०७४ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि निरन्तर रुपमा २०७६ र २०७९ सम्पन्न गरिसकेको छ ।