काठमाडौं । आफ्नै बुवा ४३ वर्षीय रामबाबु सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा कल्याणपुर नगरपालिका–११ मलहाटोल बस्ने २२ वर्षीय राकेश सहनीलाई राति प्रहरीले पक्राउ गरेको छ । राकेशले आपसी झै–झगडामा कुटपिट गर्दा रामबाबु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।