करिब तीन हप्तादेखि नेपालमा कोरोना संक्रमित अस्पताल भर्ना भएका छैनन् । दैनिक रूपमा भेटिने संक्रमित संख्या पनि एक अंकमा सीमित छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर जम्मा १० जना सक्रिय संक्रमित छन् र सबै होम आइसोलेसनमा छन् ।
नेपालमा मात्र होइन, विश्वभर नै कोरोना संक्रमण घटेको छ । अमेरिकाले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने निर्णय गरिसकेको छ भने पछिल्लो समय नयाँ भेरियन्ट भेटिएको चीनमा समेत कोभिड–१९ नियन्त्रण उन्मुख छ ।
तर धेरैको मनमा एउटा प्रश्न छ, कोरोना महामारी कहिले र कसरी अन्त्य होला ? जनस्वास्थ्य विज्ञहरूका अनुसार यसको ठोस जवाफ कोहीसँग छैन । तर कोरोनाभाइरस रोगका लागि स्थापित भइसकेकाले समुदायमा रहिरहने र बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना भएको डा. शरद वन्त बताउँछन् ।
नेपालमा पहिलो पटक माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ जेठ २०७७ मा संक्रमणका कारण मृत्यु भयो । त्यसयता चारवटा कोरोनाका लहर सामना गर्नुपर्यो । महामारी सुरु भएदेखि डेल्टा, अल्फा, ओमिक्रोन लगायत भेरियन्ट नेपालमा देखिए । अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक रहे पनि कम घातक देखियो । सरकारी तथ्यांक अनुसार हालसम्म ११ लाख ५२ हजार बढी केस भेटिएका छन् भने १२ हजार २० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण सुरु भएको २०७६ माघ ९ गतेदेखि २०७७ चैत १ गतेसम्म पहिलो लहरको रूपमा रह्यो । संक्रमण रोकथामका लागि सरकारले झण्डै चार महिना लामो लकडाउन गर्नुका साथै पीसीआर परीक्षणमा जोड दिएको थियो । तर स्वास्थ्य पूर्वाधारको अपर्याप्तता र महामारीलाई गम्भीर रूपमा नलिंदा संक्रमण रोकिएन । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पहिलो लहरमा २ लाख ७५ हजारको हाराहारीमा संक्रमण देखिएको थियो । जसमध्ये ३ हजार १४ जनाको मृत्यु भयो ।
पहिलो लहर विस्तारै सामान्य हुँदै जाँदा राजनीतिक गतिविधि बढे, सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा दोस्रो लहर निम्त्यायो । दोस्रो लहर बढी घातक भयो । संक्रमित संख्या ह्वात्तै बढ्दा अस्पतालका स्रोत र साधनले थेग्न सकेनन् भने अक्सिजनकै अभावमा धेरैले ज्यान गुमाए । दोस्रो लहरमा मात्र ८ हजारभन्दा बढी मानिसको मृत्यु भयो । दोस्रो लहरमा रूप परिवर्तन भएर फैलिएको संक्रामक भाइरसले दीर्घरोग तथा बिरामी मात्र होइन, सबै उमेर समूहलाई गम्भीर गरायो ।
तेस्रो लहरमा भने पहिलाको लहरका भन्दा कम क्षति हुनपुग्यो । तर तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर हुनपुग्यो । पहिलो तथा दोस्रो लहरमा नाका व्यवस्थित नहुँदा क्षति भोग्नुपरेको देख्दै गर्दा सरकारले तेस्रो लहरमा पनि सीमामा संक्रमितलाई अलग गर्ने संरचना बनाउन सकेन । यद्यपि आम नागरिकमा बढेको सचेतना, पूर्णरूपमा खोप लगाउनेहरूको बढ्दो संख्या र अस्पताल पूर्वाधारमा भएको बढोत्तरीका कारण बढी भयावह हुन नपाएको स्वास्थ्य मन्त्रालयको बुझाइ छ । चौथो लहरमा भने संक्रमित संख्यामा केही ग्राफ उकालो लागे पनि धेरै क्षति हुन पाएन । मन्त्रालयको तथ्यांक अनुसार तेस्रो र चौथो लहरमा १३०० को हाराहारीमा मृत्यु भयो । गत असोजदेखि संक्रमित संख्या घट्दै जाँदा अहिले शून्यमा समेत आइपुगेको