काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताएकी छिन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरिन् । राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन्, ‘संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पु¥याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु ।’ देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहम् भूमिका खेल्दै आएको बताउँदै सेनाका परमाधिपति भण्डारीले यस वर्ष भएका तीनै तहका निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् । त्यसैगरी काठमाडौं उपत्यकाका पूर्व मेयरहरुको फोरमले वाग्मतीे प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेठलाई शुभकामना एवं बधाई ज्ञापन गरेका छन् । फोरमका संस्थापक अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको अगुवाईमा एक कार्यक्रमकाबीच बधाई ज्ञापन गरेका हुन् । सो अवसरमा फोरमका अध्यक्ष एवं पूर्वमेयर शाक्यले फोरममा हिजोसंगै बसेर काम गरेका सदस्य वाग्मती प्रदेशको मन्त्री भएकोमा हर्ष प्रकट गर्दै प्रादेशिक संरचनालाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय, सहकार्य, सह अस्तित्व गरी जनताको सरोकार र जनताको अपेक्षा पुरा गरी मुलुकलाई समृद्धितर्फ डोहो¥याउनुपर्ने पनि शाक्यको जोड रहेको छ । सो अवसरमा फोरमका सचिव एवं मध्यपुर नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले काठमाडौंको उपत्यकाको विकासमा उपत्यका बाहेकका अन्य जिल्लाहरु सरह प्रदेशले प्राथमिकता राख्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन् । सेना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । कठिन परिस्थितिमा समेत नेपाल र नेपालीका हितमा पु¥याएको योगदानले सेनाको महत्व र सार्थकतालाई मुखरित गरेको उल्लेख गर्दै उनले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण संरक्षण, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा, खेलकुदमा आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकताको प्रशंसा गरेका छन् । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । स्थापनाकालदेखि नै नेपाली सेनाले निष्ठा र इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताउँदै उनले देशको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने सिलसिलामा जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि सेनाले प्रदर्शन गरेको अविचलित अनुशासन, निष्ठा र बलिदानका गाथाको स्मरण गरेका छन् । उनले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आइरहेको र बदलिँदो परिस्थितिमा सुरक्षा चुनौती र सेनाको भूमिकाबारे आफू जानकार रहेको उल्लेख गरेका छन् ।