काठमाडौं । झुट्ठा बहाना बनाई अनलाई मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका–१० चन्द्रगढी लेखनाथचोक घर भई काठमाडौं महानगरपालिका–२२ खिचापोखरी बस्ने ३२ वर्षीया दिपाञ्जली थापा भन्ने उषा कार्की र चितवन कालिका नगरपालिका–४ की २० वर्षीया निकिता सुवेदी रहेका छन् । पिडितको मोबाईल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ भनी काठमाडौं बाँसबारीमा घर रहेको साथै यूनिभर्सिटिबाट एमबिबिस टपर डाक्टर हुँ भनी बताएको र हाल बिद्यालय सम्बन्धी शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्छु भन्दै पिडितसँग झुट्ठा बहाना बनाई पीडितको साथी बनेर पिडितलाई ई–सेवा वालेटमा रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।