काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूणर्बहादुर तामाङले विद्युत उत्पादनमा जोड दिन आग्रह गरेका छन् । काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो कुरा बताएका हुन् । उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा जाँदा १० वर्षमा १० हजार मेगावट विद्युत निर्यात गर्ने सम्झौता भए बमोजिम भारतमा विद्युत निर्यातको लागि प्राधिकरणले उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले हाईड्रोपावर बनाउन लाइसेन्स लिएको दुई वर्षमा काम शुरु गर्ने भएपनि लाइसेन्स लिएर घरमा राख्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । उनले जलविद्युत उत्पादनको लागि भएका बैंक तथा वनका समस्यामा सरकार सहजिकरण गर्न तयार रहेको बताएका छन् । उनले भारतले नेपाललाई पेट्रोलियम पदार्थमा हरेक महिना दुई पटक मूल्य घटाउने र बढाउने गरेकोप्रति आपत्ति पनि जनाएका छन् । राज्यमन्त्री पूणर्बहादुर तामाङले मुलुकमा धेरै भन्दा धेरै जलविद्युत उत्पादन गर्नसके मात्रै उज्यालो देश बनाउन सकिने बताएका छन् ।