काठमाडौं । धनुषा, लक्ष्मिनियाँ गाउँपालिका-१ सोहनि टोल बस्ने ७० वर्षीया दलतिया देवी महरा सोही ठाउँस्थित पोखरीमा मृत अवस्थामा फेला परेकी छिन् । महोत्तरी, जलेश्वर नगरपालिका-९ पर्कौली चोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । पर्वत, कुश्मा नगरपालिका-६ बान्द्रेवेणी नजिक रहेको कृष्ण मन्दिरको चौरको मञ्चमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । बर्दिया, बारबर्दिया नगरपालिका-५ धोबिया बस्ने ७० वर्षीय तननु थारू सोही ठाउँस्थित सडकमा मृत अवस्थामा फेला परेका छन् । उदयपुर, उदयपुरगढी गाउँपालिका-५ मवासे बस्ने ७० वर्षीया गोफ्ली माया मगर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । कैलाली, गोदावरी नगरपालिका-२ रीङरोडस्थित बैतडी पुर्चौडी होटलको कोठा नम्बर १०४ मा डडेल्धुरा पर्शुराम नगरपालिका-२ बस्ने ७२ वर्षीय काशी सिंह बोहरा मृत अवस्थामा फेला परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँस्थित बुंग्मती कुलोको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका छन् । कञ्च्नपुर, बेदकोट नगरपालिका-३ भम्कास्थित सडक छेउमा सोही ठाउँ बस्ने डडेलधुरा आलीताल गाउँपालिका-७ घर भएका ४१ वर्षीय जोगी महरा मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, टोखा नगरपालिका-३ पञ्चेटार बस्ने ६२ वर्षीय शोबिलाल श्रेष्ठ सोही ठाउँस्थित कुलोमा मृत अवस्थामा फेला परेका छन् । दैलेख, भैरवी गाउँपालिका-४ लिउडा बस्ने ६७ वर्षीय नरेश्वर जैसी सोही गाउँपालिका-४ बालिकाँडामा मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पश्चिपम, बर्दघाट नगरपालिका-१४ बिजयनगर टोल बस्ने ५१ वर्षीय देब प्रसाद रिमाल सोही ठाउँस्थित खरबारीमा मृत अवस्थामा फेला परेका छन् ।