काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई त्जबmभ िएबिशब ज्यतभ ि७ क्गष्तभक अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको ठमेलस्थित च्बmबमब भ्लअयचभ मा १५% र पोखराको लेक साइड स्थित म्बजष्बि द्ययगतष्त्रगभ ज्यतभ िमा १०% छुट प्रदान गर्ने सम्झौता गरेको छ । यस सम्झौता पश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउने छन् । ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले पोखरास्थित प्गतष् च्भकयचत मा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । साथै, बैंकले चितवन स्थित व्गलनभि ख्ष्ििब च्भकयचत र मकवानपुर स्थित प्रख्यात त्ष्कतगलन च्भकयचत मा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थपउत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।