भरत भूर्तेल
ठूलो संघर्ष र बलिदानपछि मुलुकमा प्रजातन्त्रको पुनस्र्थापना भएको थियो । नेपाली काँग्रेसका तीन जना नेताहरुलाई नियतिले प्रमुख भूमिका सुमपेको थियो । गणेशमानजीलाई पार्टीको सर्वामान्य नेताको, कृष्णप्रसाद भट्टराईलाई पार्टी सभापतिको र गिरिजाप्रसादलाई रकार प्रमुखको भुमिका प्राप्त थियो ।
रामवरणजीलाई एकअर्काले आपसमा मिलेर सहयोग र सम्मान गर्नूपर्ने थियो जस्तो लाग्दथ्यो तर त्यसो भएन । पार्टीभित्र बहुमत सांसदको प्रधानमन्त्री कोइरालालाई समर्थन थियो । उहाँको नेतृत्वको सरकारका मातहत २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा दुई तिहाइभन्दा बढी स्थानमा नेपाली काँग्रेसले जित हासिल गरेर रकरा लोकप्रिय रहेको तथ्यलायृ स्थापित गरेको थियो तर पार्टीको उपल्लो तहका नेता असन्तुष्ट हुनुहुन्थ्यो । यसले मुलुक, प्रजातन्त्र र पार्टीको हितमा काम गर्न चाहने मानिसका लागि असहज वातावरण बनाइदियो । बाहिरी वातावरण जस्तोसुकै भए पनि मन्त्रीका हैसियतले रामवरणजीे मेहनतपूर्वक आफ्नो सामथ्र्यले भ्याए जति काम गर्नुभयो । तैपनि बाहिरी राजनीतिक र अन्य घटनाको प्रभाव भने परि नै सह्यो । यसैबीच सर्वोच्च अदालतले सरकरा विरुद्ध एउटा फैसला गर्यो । टनकपुर सन्धि नामकरण गरिएको उक्त फैसलामा कानुनी रुपले सरकराको त्रुटि देखियो । गणेशमानजीले यस पृष्ठभूमिमा गिरिजापं्रसाद कोइरालाको राजीनामा माग्नु भयो । कोइरालाले राजीनामा दिन मान्नु भएन ।
घटना यसैगरी अगि बढ्दै गए र २०५० साल जेठ ३ गते नेपाली राजनीतिलाई मोड्न एउटा अर्को दुखद् घटना भयो । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र त्यसै पार्टीका पोलिटव्युरो सदस्य जीवराज आश्रित चढ्नु भएका मोटर दुर्घटनामा परेर दुर्वको निधन भयो ।
चितवन जिल्लाको दासढुङ्गा भन्ने ठाउँमा त्रिशुली नदीमा उहाँहरु चढ्नु भएको मोटर डुब्यो । यस घटनालाई नेकपा एमालेले आजपर्यन्त षड्यन्तपूणर् हत्यको संज्ञा दिएको छ । तथापि त्यो षड्यन्त्र के थियो भने प्रामाणिक आधार कसैले प्रस्तुत गरेको छैन ।
मदन भण्डारी काठमाडौ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँको निधले उक्त क्षेत्र खाली भयो र त्यहाँ उपनिर्वाचन हुने भयो । यस उपनिर्वाचनमा नेपाली काँग्रेसका अध्यक्ष कृष्ण प्रसाद भट्टराई उम्मेदवार बन्नु भयो । य उम्मेदवारीलाई गिरिजाप्रसाद कोइरालाको समथृन थिएन । अन्ततः कृष्ण प्रसाद भट्टराईले चुनाव हाुर्न भयो र चुनाव हराउने भूमिका निर्वाह गरेको आरोप सरकार प्रमुख गिरिजाप्रसाद कोइरालामाथि लाग्यो । कृष्ण प्रसाद भट्टराईको पराजयपश्चात नेपाली काँग्रेसको विवाद सडकमै पोखियो । नेपाली काँग्रेसका एकथरी कार्यकर्ता कोइरालाविरुद्ध नारा जुलसमै ओर्लिए । यो विग्रहको विभत्स रुप थियो ।
आखिर भट्टराईजी लामो समयदेखि पार्टी सभापतिको भूमिकामा हुनुहुन्थ्यो । चौध वर्ष लामो जेलजीवन व्यतीत गरेका सन्त नेता समेत भनेर प्रचारित उहाँले पदको लोभ नगर्नु उचित हुन्थ्यो भन्ने आम मानिसका मनमा थियो ।
दुई समूहबीच मेलमिलापका अनेक प्रयत्न भए पनि मानसिक विभाजनले पार्टीभित्रको समस्या जस्ताको त्यस्तै रह्यो । पाटर्इीभित्र विभाजन होस् भन्ने चाहना कुनै कार्यकर्ता थिएन । अधिकाँश कार्यकर्ता संगठन मजबुत बन्दै जाओस् नेताहरुबीच मेलमिलाप होस् र मुलुकको निरन्तर प्रगति होस् भन्ने चाहन्थे ।
रामवरणजी यस्तै चाहना राख्ने कार्यकर्तामध्ये पर्नु हुन्थ्यो । उहाँले पार्टीको झगडामा पक्ष र विपक्षमा कुनै अभिव्यक्ति दिनु भएन । कतिपय अवस्थामा उहाँलाई लाग्दथ्यो कोइराला पक्षबाट त्रुटि भएको छ, कतिपय अवसरमा लाग्दथ्यो गणेशमानजी र भट्टराई पक्षका कमजोरी छन् । क्रमशः