भरत भूर्तेल
ती दिन ती मान्छेहरु
२०५१ सालको मध्यावधि निर्वाचनको परिणाम न त नेपाली काँग्रेसका लागि फलदायी भयो न त रामवरणजीका लागि सुखद रह्यो । प्रतिनिधिसामा कसैले बहुमत ल्याएन । सबैभन्दा ठूलो दलका हैसियतले नेकपा एमालेले सरकार बनायो । नेपालमा मनमोहन अधिकारीलको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार बन्यो । पार्टीले बहुमत गुमायो, रामवरणजीले आफ्नो संसदीयस्थान गुमाउनु भयो । यो पराजयले रामवरणजीका मनमा ठूलो ठेस लाग्यो । राजनीतमिाफर्त देशको सेवा गर्न सकिन्छ भन्ने मायन्यताअन्तर्गत चुनाव लडेर मन्त्रीसमेत हुनुभएका रामवरणजीले आफ्नो बुद्धि, विवेक र सामथ्र्यले भ्याएसम्म काम गर्नूभएको थियो । स्वास्थ्य क्षेत्र उहाँको विषय थियो र त्यस क्षेत्रमा मन्त्रीका हैसियतले काम गर्न पाउँदा यथासक्या राम्रो काम गर्नूपर्छ भने लागेको थियो । आफ्नो चुनाव क्षेत्रका मतदाताहरुसमेत प्रति उहाँ जिम्मेवारीपूर्वक प्रस्तुत हुनु भएझै लाग्दथ्यो ।
हो, पार्टभित्रको मतभेदका कारण कतिपय निकटतम मित्रहरु टाडिएको अवस्था थियो । पार्टीमा उहाँका समकालीन कतिपय साथी रुष्ट थिए तर आम जनता र पार्टीका सामान्य कार्यकर्ताका लागि उहाँले इमान्दानरीपूर्वक काम गर्नू भएकोले उहालाई तिनै जनता र तल्लो तहका प्रतिबद्ध कार्यकर्ताले चुनाव जिताउनेछन् भन्ने लागेको थियो तर सोचेझै भएन । निर्वाचनमा जित्नु वा हार्नु एउटा बेग्ले प्राविधिक पक्ष समेत रहेको तथ्य उहाँले बुझ्नुभयो । त्यसो त रामवरणजीका जीवनमा यो पहिलो दुःखद् घटना थिएन । यस्तो अनेक घटनाबाट पार भएर उहाँ यहाँसम्म आउनुभएको थियो । यस्ता बेलामा उहाँलाई पार्टीका साथीहरुले सहानुभूति र सद्भाव दर्शाउँथे । सबैको स्नेह र आफूभित्रको आत्मविश्वासका कारण उहाँ प्रत्यके पीडाबाट मुक्त भएर अगि बढ्नु भएको थियो तर यस बोलको दुःख बेग्लै थियो ।
हिजो रामवरणजीलाई दुःख पर्दा सहानूभूति र दुःख प्रकट गर्नेमध्ये कतिपय साथीहरु उहाँको चुनावमा भएको पराजयबाट खुसी थिए । यो स्थितिले उहाँका मनमा अझ बढी उथुलपुथल ल्याएको थियो । यो जीनवको यस्तो घुम्ती थियो जहाँ पुगेर मनिसमा विचलनसमेत आउन सक्तछ । रावमरणजी राजनीतिमाफर्तन् समाजसेवा गर्नै ध्येयले चिकित्सा पेसा छाडेर आउनु भएको थियो ।
राजनीतिमा लागेर जनता र मुलुकको सेवा मा समर्पित हुने सोझो र सरल बाटोमा हिँड्दासमेत अनावश्यक अवरोध आउँछ भने राजनीतिमा समर्पित हुनुका अर्थ नै के भयो त ? रामवरणजीका मननमा यस्ता प्रश्नहरु समेत उब्जन्थे । एउटा रामो डाक्टरको परिचय छँदै थियो पेशा सन्तोषजनक ढङ्गले चलेकै थियो । त्यही पेशामा रहेर परिवारको रेखदेख गर्दै स्वतन्त्र व्यक्तिको हैसियत कायम गरेको भए पनि त हुन्थे जस्ता भाव पनि उहाँका मनमा आए । निष्कर्ष मा भन्नु पर्दा यस निर्वाचन परिणामले रामवरणजीको अकंमा ठूलो ठेस लाग्यो ।
यसका बाजुद उहाँले यस कुण्ठाबाट पार पाउने र एकपटक पुनः संघर्षको मैदानमा होमिने संकल्प गनूृभयो । चुनाव हारेको एक्काइसो दिनका दिन उहाँले एउटा मोटर किन्नु भयो र संगठनको काममा समर्पित हुने प्रण गर्नुभयो । संगठन विस्तार अभियानको थालनी उहाँले आफ्नै निर्वाचन क्षेत्रबाट गनूृभयो । त्यहाँका उन्नाइस गाविसमा काँग्रेस समर्थक हजारै कार्यकर्तालाई उहाँले आफ्नै हातले साधारण सदस्यता वितरण गर्नुभयो ।
यसले पार्टीभित्र एकप्रकारको उत्साह ल्यायो । रामवरणजी स्वंयमलाई पनि निराशाबाट मुक्त हुन मद्दत गर्यो । गिरिजाप्रसाद कोइराला पार्टीको सभापति भईसक्नु भऐका थियो । रामवरणजीलाई कोइरालाले केन्द्रीय सदस्यमा मनानेयन गर्नुभयो । त्यसपछि नयाँ भूमिकामा देखा पर्नु भएका रामवरणजी देशव्यापी भ्रमणमा निस्कनु भयो ।
क्रमशः