काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ बक्स अफिसमा कमजोर देखिएको छैन । सो फिल्मका लागि कम शो पाएपनि बुधबारसम्ममा फिल्मले ५ करोड कमाइसकेको बताइएको छ । त्यस्तै दोस्रो हप्ताको ‘पफर्मेन्स’ले हिट र फ्लप निक्र्यौल गर्नेछ । ६ करोडमा बनेको फिल्मले हिटका लागि १२ करोड कमाउनुपर्ने हुन्छ । तर, फिल्मकी मुख्य अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले आफ्नो लगानी सुरक्षित भइसकेको दाबी गरेकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भारतको ओटीटी प्लटफर्ममा फिल्म बिक्री भइसकेको र त्यहाँ हल रिलिजको पनि तयारी भइरहेकाले आफू पूणर् रूपले ‘सेभ’ भइसकेको उल्लेख गरेकी छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा फिल्मले नेपालमा ५ करोड कमाउँदै गर्दा आफूले २१ करोड ग्रस देखिसकेको समेत बताएकी थिइन् । ‘ह्रस्व दीर्घ’मा साउथका स्थापित कलाकारहरुको अभिनय रहेकाले त्यहाँका ओटीटी प्लेटफर्महरुले फिल्मप्रति चासो देखाएका थिए ।