काठमाडौं । महोत्तरी, रामगोपालपुर नगरपालिका–२ मोहनपुर गाउँ बस्ने असरफ अली खानको घरबाट सुन र चाँदीका विभिन्न गरगहनाहरु गरी करिब ३ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । झापा, शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित साथी बहुउद्देशीय सहकारी सहकारी सस्था लिमिटेडको ढोकाको ताला फोडी अफिस कोठामा रहेको नगद ४९ हजार ९ सय ८४ रुपैयाँ गएराति चोरी भएको छ ।