काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित घरमा डेरा गरी बस्ने ३० वर्षीय राजकुमार अधिकारीको कोठाबाट एसबीआई बैंकको चेकबुक, एटीएम कार्ड, नगद र सुनका विभिन्न गहना समेत गरी करिब ६ लाख ९४ हजार रुपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको छ । त्यसैगरी पिपरा गाउँपालिका–२ अतराद टोल बस्ने २४ वर्षीया ईशेर देवी मण्डलको आफ्नै घरको चापाकलमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दिउँसो मृत्यु भएको छ । त्यसैगरी पर्सा, जिराभवानी गाउँपालिका–१ बलवा बस्ने ६० वर्षीय नवि मियाँ सोही ठाउँस्थित चमरी खोलामा मृत अवस्थामा फेला परेका छन् । सम्पर्कमा नआएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।