काठमाडौं । काठमाडौं, काठमाडौं महानगरपालिका–१६ बाईपासस्थित गुल्मी मालिका गाउँपालिका–८ घर भएकी अनुषा पौडेलको ओम मालिका टेलरिङ सेन्टर एण्ड सुज सेन्टरमा विद्युतको तार सर्ट भई राति आगलागी हुँदा करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । दाङ, बबई गाउँपालिका–४ सुन्दरखाल बस्ने ६६ वर्षीय चेतलाल पाण्डेको गोठमा विद्युतको तार सर्ट भई साँझ आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । त्यसैगरी षडानन्द नगरपालिका–१२ पिप्ले बस्ने नारायण भुजेलको छोरा १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर राति मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटार संखुवसभामा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।