काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई विचार गरी आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ यही चैत ३ गतेबाट सञ्चालनमा छ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् । ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ रूपैयाँमा खरिद गर्न सक्छन् । यस प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले २०० देखि रु ४९९ रूपैयाँसम्मको रिचार्जमा ५% बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने ५०० रूपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १०% बोनसको मजा लिन सक्छन् । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो आकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रूपैयाँमा आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन् । त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरू एनसेल एप तथा अन्य माध्यमहरू जस्तै एसएमएस र युएसएसडीबाट सुचारु गर्न सक्छन् ।