काठमाडौं । काठमाडौको सोल्टी होटलमा थाई खाना महोत्सव शुरु भएको छ । होटल सोल्टीमा अप्रिल २१ देखि ३० अप्रिलसम्म हुने खाना महोत्सवमा थाइल्यान्डको सुगन्धित र विविध परिकारहरू राखिएको आयोजकले जनाएका छन् । थाई खाना महोत्सवमा विहान र बेलुकाको खानाको परिकारहरु राखिएका छन् । विहानको खाना अपरान्ह १२ः३० देखि दिउँसो ३ बजे सम्म चल्नेछ । विहानको खानाका लागि प्रतिव्यक्ति १८०० रुपैया तिर्नु पर्ने छ । त्यसैगरी बेलुकाको खाना बेलुका ७ बजे देखि राती १० ः४५ बजे सम्म हुनेछ । बेलुकाको खाना लागि परिकार अनुसार रकम तिर्नु पर्नेछ ।